२० वाणिज्य बैंकको खुद ब्याज आम्दानी बढ्दा ७ बैंकको घट्यो


काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा २० बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढेको छ भने ७ बैंकको खुद ब्याज आम्दानी घटेको छ ।

बैंकहरुले निकालेको अपरिष्कृत तथ्यांक अनुसार बैंकहरुले ब्याज बढाएपछि खुद ब्याज आम्दानी बढेको देखिएको हो ।

सरकारी स्वामित्वको नेपाल बैंकले कम ब्याज आम्दानी गर्दा सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको भने खुद ब्याज आम्दानी बढेको छ ।

एनआईसी एसिया बैंकले बैंकले २ अर्ब ४५ करोड ९१ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २५.२४ प्रतिशले बढी हो अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ९६ करोड ५३ लाख १ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

ब्याज धेरै आम्दानी गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकले २०७८/७९ को दोस्रो त्रैमासमा २ अर्ब ४५ करोड ६२ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस बैंकले अघिल्लो वर्ष २ अर्ब १७ करोड ८२ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा १२.७६ प्रतिशतले बढी खुद नाफा कमाएको हो ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २०७८/७९ को दोस्रो त्रैमासमा २ अर्ब १७ करोड ५७ लाख १९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ७.०२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस बैंकले २ अर्ब ३ करोड २२ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, सरकारकै स्वामित्वमा रहेको अर्को कृषि विकास बैंकले २ अर्ब १ करोड ६ लाख ६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड ९३ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.३३ प्रतिशतले बढी हो ।

नबिल बैकले १ अर्ब ९७ करोड ८० लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले २७.७३ प्रतिशतले खुद ब्याज आम्दानी बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५४ करोड ८६ लाख २४ हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, प्रभु बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा बढेको देखिन्छ । अघिल्लो वर्ष सोही अवधिमा १ अर्ब २६ करोड २४ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने यस वर्ष १ अर्ब ६९ करोड ३२ लाख ६५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ३४.१२ प्रतिशतले बढी हो ।

कुमारी बैंकको पनि खुद ब्याज आम्दानी बढेको छ । यस बैंकको खुद ब्याज आम्दानी १३.०६ प्रतिशतले बढेको हो । यस वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३३ करोड ६५ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोड २० लाख ९२ हजार रुपँैैया आम्दानी गरेको थियो ।

सिद्धार्थ बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब १८ करोड ७५ लाख ५२ हजार रुपैयाँ रहेकोमा यस वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब २५ करोड ६७ लाख ७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो दोस्रो त्रैमासको तुलनामा यस त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५.८२ प्रतिशतले बढी हो ।

सिटिजन्स बैंकले अघिल्लो वर्षको दोस्रो त्रैमासमा ७७ करोड ६९ लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने यस वर्षको दोस्रो त्रैमासमा १ अर्ब १९ करोड ८ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ५३.२६ प्रतिशतले वृद्धि भएको हो ।

मेगा बैंकको खुद ब्याज आम्दानी घटेको छ । आर्थिक वर्ष २०७७/७८ १ अर्ब ३६ करोड ८३ लाख ३९ हजार रुपैयाँ कमाउन सफल भएको बैंकले २०७८/७९ को दोस्रो त्रैमासमा १ अर्ब १२ करोड ४८ लाख ३८ हजार रुपैयाँमात्र कमाएको छ । यस बैंकको खुद ब्याज आम्दानी १७.७९ प्रतिशतले घटेको हो ।

एभरेष्ट बैंकको खुद ब्याज आम्दानी बढेको छ । बैकले यस वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३ करोड ५० लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ८६ करोड ७४ लाख ११ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९.३२ प्रतिशतले बढी हो ।

सानिमा बैंकले यस वर्षको दोस्रो त्रैमासमा १ अर्ब २ करोड ७ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोड ८४ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको थियो । बैंकको खुद ब्याज थोरै अनुपात (०.२२ प्रतिशत)मात्र बढेको हो ।

सनराइज बैंकको खुद ब्याज आम्दानी २०७७/७८ को दोस्रो त्रैमासको आधारमा २०७८/७९ को दोस्रो त्रैमासमा २.१६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासमा ८८ करोड ७८ लाख ४७ हजार खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष ९० करोड ७१ लाख ५ हजार रुपैयाँ आम्दानी गरेको हो ।

बैंक अफ काठमाडौंको पनि खुद ब्याज आम्दानी बढेको छ । बैंकले यस वर्षको दोस्रो त्रैमासमा ८९ करोड ९७ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७८ करोड १ लाख ९० हजार रुपैयाँ आम्दानी गरेको थियो । बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.३२ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको दोस्रो त्रैमासमा ५८ करोड १५ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको एसबीआई बैंकले यो वर्षको दोस्रो त्रैमासमा ८६ करोड ९४ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४९.४८ प्रतिशतले बढी हो ।

स्टान्र्डड चार्टड बैंकले २०७८/७९ को दोस्रो त्रैमासमा ७८ करोड ६६ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दनी ४२.८८ प्रतिशतले बढेको हो । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५५ करोड ५ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

नेपाल क्रेडिट एण्ड कर्मस बैंकको खुद ब्याज आम्दानी १८.२१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा ७६ करोड ३३ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले ७६ करोड ३३ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा ४३ करोड ६८ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको थियो । यस वर्ष बैंकले ७३.२१ प्रतिशत बढी खुद ब्याज आम्दानी गरेको छ । बैंकले ७५ करोड ६६ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सेन्चुरी कर्मसियल बैंकको खुद ब्याज आम्दानी बढेको छ । आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा बैंकले ६२ करोड २ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५५ करोड १९ लाख ४३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.३८ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा ५९ करोड ७२ लाख २० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५५ करोड १९ लाख ४३ हजार रुपैयाँ आम्दानी गरेको थियो । बैंकको खुद ब्याज आम्दानी ७.७१ प्रतिशतले वृद्धि भएको हो ।

कम खुद ब्याज आम्दानी भएका वाणिज्य बैंक

नेपाल बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको खुद ब्याज आम्दानी बढ्दा नेपाल बैंकको खुद ब्याज आम्दानी घटेको हो ।

नेपाल बैंकले २०७८/७९ को दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ५९ लाख १३ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा बैंकले १ अर्ब ४८ करोड ९८ लाख ६ हजार खुद ब्याज आम्दानी गरेको थियो । अघिल्लो वर्षको तुलनामा ८.३१ प्रतिशतले खुद ब्याज आम्दानी घटेको हो ।

प्राइम बैंकको पनि खुद ब्याज आम्दानी घटेको छ । २०७७/७८ को दोस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४२ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने २०७८/७९ को सोही अवधिमा १ अर्ब ३६ करोड २३ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.१३ प्रतिशतले घटेको हो ।

एनएमबी बैंकको खुद ब्याज आम्दानी घटेको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासमा १ अर्ब ५१ करोड २३ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्षको दोस्रो त्रैमासमा १ अर्ब २९ करोड ३४ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको तुलनामा १४.४७ प्रतिशतले घटेको हो ।

नेपाल इन्भेस्टमेन्ट बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा १ अर्ब ३४ करोड ८८ लाख ९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले २०७८/७९ को दोस्रो त्रैमासमा १ अर्ब १२ करोड ७८ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको १६.३८ प्रतिशतले खुद ब्याज घटेको हो ।

माच्छापुच्छे« बैंकको पनि खुद ब्याज आम्दानी घटेको छ । अघिल्लो वर्षको दोस्रो त्रैमासमा १ अर्ब ३ करोड ३० लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको बैंक यस वर्षको दोस्रो त्रैमासमा ९८ करोड २१ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ । यस बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको दोस्रो त्रैमासको भन्दा ५.१३ प्रतिशतले घटेको हो ।

हिमालयन बैंक अघिल्लो वर्षको दोस्रो त्रैमासमा ८२ करोड ७ लाख ४९ हजार खुद ब्याज आम्दानी रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा ८० करोड ५४ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । बैंकको खुद ब्याज आम्दानी १.८६ प्रतिशतले कमी भएको हो ।

लक्ष्मी बैंकको खुद ब्याज आम्दानी ४.९४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासमा ७५ करोड २९ लाख ५३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको बैंक यस वर्षको दोस्रो त्रैमासमा ७१ करोड ५७ लाख २५ हजार रुपैयाँ आम्दानी गरेको हो ।