एमसीसी पारित हुने देखिएपछि हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता


काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्सेमा सामान्य करेक्सन भएपनि लगानीकर्ता भने हाइड्रोपावरमा भुम्मिएका छन् ।

एमसीसी पारित हुने देखिएपछि हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेको सेयरविज्ञहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७.७३ अंकले घटेर २६५३.७० अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ०.७३ अंकले घटेर ५०६.८४ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाइड्रोपावर उपसमूह र अन्य उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर घटेको छ ।
यस दिन युनिभर्सल पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ४४ लाख २४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबार एभरेष्ट इन्स्योरेन्सका संस्थापक लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयर मूल्य ५.८८ प्रतिशतले बढेको छ ।

आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ४.५८ अंकले घटको छ ।

कूल २२४ वटा कम्पनीको ७० लाख ४० हजार ५ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २७ करोड ३० लाख ६५ हजार ९ सय १० रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।