एमजीको विद्युतीय गाडी नेपाली बजारमा


काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले विद्युतीय गाडी एमजी जेडएस् इभी २०२२ सार्वजनिक गरेको छ । स्ट्यान्डर्ड रेन्ज र लङ्ग रेन्ज गरी दुई भेरियन्टमा गाडी सार्वजनिक गरेको हो ।

यसमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ५१.५८ किलोवाट आवर ब्याट्री र अर्को ७२.६ किलोवाट आवर ब्याट्री रहेका छन् । ५१.५८ किलोवाट आवर ब्याट्रीको रेन्ज ३१९ किमी छ भने अर्को ७२.६ किलोवाट आवर ब्याट्रीको रेन्ज ४४० किमी रहेको कम्पनीले जनाएको छ ।

एमजी जेडएस इभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्स, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजि पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले सुरक्षित मानिएको कम्पनीले जनाएको छ । एमजि जेडएस इभी २०२२ मा १३० एपिको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ ।

यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गूड्न सक्छ । एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरूफ, १७ इन्चको डायमन्ड कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन् ।

एमजि जेडएस् इभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् ।

साथै यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।

एमजी जेडएस् इभी स्ट्यान्डर्ड रेन्जको मूल्य ५१.९९ लाख रुपैँया रहेको छ भने लङ्ग रेन्जको मूल्य ५९.९९ लाख रहेको कम्पनीले जनाएको छ ।