बजार विस्तारमा आक्रामक नेबिको, एकैपल्ट चारवटा उत्पादन बजारमा


काठमाडौं । नेबिकोले थप चार ओटा उत्पादन बजारमा ल्याएको छ । डि ५० डाइजेस्टिभ बिस्कुट, नाइस मिल्क कुकिज, कुरुम कुरुम चिउरा र साल्टेड पिनट्स गरी ४ ओटा उत्पादन बजारमा ल्याएको हो ।

नेबिकोको उत्पादन अष्टे«लियाको सिड्नीमा लञ्च गर्ने तयारी रहेको कम्पनीका कार्यकारी निर्देशक राजेश रौनियारले बताए । उनले भने, “गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने र अष्ट्रेलियाको सिड्नीमा उत्पादन लञ्च गर्ने तयारी भइरहेको छ । केहि दिनमा नै लञ्च गर्ने योजना छ ।” गुणस्तरमा प्रतिबद्ध भई उपभोक्ताको स्वास्थ्यलाई ध्यान दिँदै उत्पादनहरू विकाश र विस्तार गरेको कम्पनीले जनाएको छ ।

१५० ग्राम तौल रहेको डि ५० डाइजेस्टिभ बिस्कुटको मूल्य ५० रुपैँया तोकिएको छ भने १८० ग्राम तौल रहेको कुकिजको पनि बिक्री मूल्य ५० रुपैँया तोकिएको कम्पनीले जनाएको छ ।

८०० ग्राम तौलमा उपलब्ध हुने चिउराको उपभोक्ता खरिद मुल्य ९५ रुपैँया रहेको छ भने ३५ ग्रामको प्याकेटमा उपलब्ध पिनट्सको मूल्य २० रुपैँया तोकिएको छ ।