हुण्डी कारोबारमा संलग्न पक्राउ


काठमाडौं । हुण्डी कारोबारमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मख्खनमा नक्कली गर गहनाको होलसेल कारोबार गरिरहेका भारतीय नागरिक ३२ वर्षिय अमित कुमार अग्रवाल र नेपाली नागरिक २४ वर्षिय बिक्की खड्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

भारत दार्जलिङ घर भइ ताहभल बस्ने अग्रवाल र काठमाडौं टङ्केश्वरी घर भइ कीर्तिपुर बस्ने खड्कीलाई ताहचल अग्रवालकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।

अग्रवाल समेतका व्यक्तिहरूले राजस्व छली गैरकानूनी रूपमा हुण्डी मार्फत वित्तिय कारोबार गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले १ करोड ५० लाख रुपैँया नगद, २ ओटा ल्यापटप, १ ओटा मोबाइल र कारोबार सम्बन्धि विभिन्न कागजात बरामद गरेको प्रहरीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागी राजश्व अनुसन्धान बिभाग पठाइएको छ ।