डाबर नेपालको वाटिका नेचुरल स्याम्पू बजारमा


काठमाडौं । डाबर नेपालले डाबर वाटिका नेचुरल स्याम्पूको नयाँ रेन्ज हायाट प्लेस् सार्वजनिक गरेको छ । डाबर नेपालले नेपाली उपभोक्ताहरुलाई उच्च गुणस्तरिय वाटिका स्याम्पू उपलब्ध गराएको जनाएको छ ।

यो स्याम्पू तीन ओटा भेरियन्टमा उपलब्ध छन् । ब्ल्याक साइन, थिक एण्ड लङ् र एन्टी ड्यान्ड्रफ स्याम्पू रहेका छन् ।
हरेक भेरियन्टमा १० वटा खास चुनिएको प्राकृतिक तत्वहरुले भरिपूर्ण भएकोले कपालको समस्याहरुको समाधान गर्ने र कपाललाई नरम बनाउनुको साथै क्लिङसिङ्ग र कन्डिसियनिङ दिने कम्पनीले जनाएको छ ।

डाबर नेपालको व्यापार प्रमुख एच. एस. बेदीले भने, “डाबर वाटिका नेचुरल स्याम्पूको लन्च डाबरको उपभोक्ता तर्फ प्राकृतिक हेयर केयरमा सबै भन्दा राम्रो समाधान दिदै आएको प्रतिबद्घताको नतिजा हो । हाम्रो स्याम्पूको रेन्ज कपालको दैनिक आवश्यक हेरचाहको लागि १० प्राकृतिक पोषणले भरिपूर्ण छ ।”

डाबर वाटिका नेचुरल स्याम्पू १७० एम.एल., ३३० एम.एल. र ६५० एम.एल. का बोतलमा उपलब्ध छ भने ७ एम.एल. र ३.५ एम.एल.को स्यासे मा पनि उपलब्ध छ । ३३० एम.एल.को बोतलमा पम्पको सुविधा पनि रहेको कम्पनीले जनाएको छ ।