खाद्य तथा पेय पदार्थको मुद्रास्फीति ६ प्रतिशत


काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा मुद्रास्फिति ५.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोहि अवधिमा २.७० प्रतिशत रहेको मुद्रस्फिति बढेर ५.९७ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको पुष महिनामा ५.६५ प्रतिशत मुद्रास्फिति रहेको थियो ।

चालु आर्थिक वर्षको पुष महिनमा खाद्य तथा पेय पदार्थमा ६.०० प्रतिशत मुद्रास्फिति रहेको छ भने गैर खाद्य तथा सेवामा ५.९६ प्रतिशत रहेको छ ।

२०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत विभिन्न उपसमूह जस्तै, घ्यू तथा तेल २०.६८ प्रतिशत, तरकारी १४.०७ प्रतिशत र दाल तथा गेडागुडी ९.३६ प्रतिशते मूल्यवृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विभिन्न उपसमुह यातायात १५.८७ प्रतिशत, शिक्षा ७.८६ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी सामग्री ५.९२ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको माघ महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फिति रहेको छ । गत आर्थिक वर्षको माघमा काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७८ माघ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फिति १०.३४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.१२ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको माघ महिनामा थोक मूल्यवृद्धि उपभोग्य वस्तुको १२.०९ प्रतिशत, मध्यवर्ती वस्तु ९.९२ प्रतिशत र पुँजीगत वस्तु ७.०० प्रतिशत रहेको छ भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि १६.६१ प्रतिशत रहेको छ ।