नेपाल टेलिकमद्वारा लाभांश घोषणा, पहिलो पटक बोनस सेयर दिँदै


काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले आर्थिक वर्ष २०७७/७८का लागि पहिलो पटक बोनस सेयर दिने घोषणा गरेको छ ।

यस अघि नगद लाभांश दिँदै आएको टेलिकमले पहिलो पटक बोनस सेयर दिने घोषणा दिने हो ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्।

यसैबीच सञ्चालक समितिको बैठकले आफ्नो १४ औँ वार्षिक साधारणसभा पनि डोकेको छ । सभा यही चैत २४ गते काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुने जनाइएको छ ।

सोही सभाले गत आर्थिक वर्षका लागि घोषित लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।

उक्त बोनस सेयर जारी पनि कम्पनीको जारी तथा चुक्ताँपुजी १८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।