अर्थ मन्त्रालयले आगामी बजेटका लागि माग्यो सुझाव


काठमाडों । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको लागि सरोकारवालाबाट सुझाव संकलन थालेको छ ।

अर्थमन्त्रालयले मंगलबार एक सूचना निकाल्दै बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी प्रयोजनका लागि सरोकारवालाबाट सुझाव माग गरेको हो ।

आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा विभिन्न संघ–संस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत र आम नागरिकले चैत मसान्त भित्र यस्तो सुझाव दिन सक्ने भएका छन् ।

मन्त्रालयको वेवसाइटट www.mof.gov.com मा रहेको ‘बजेट सजेसन ट्याव मार्फत तथा [email protected] मार्फत समेत पठाउन सकिने भएको छ ।

आर्थिक आर्थिक वर्षको बजेट १५ जेठमा संसदमा प्रस्तुत गर्नुपर्छ । यसका लागि अर्थ मन्त्रालयले सरोकारवालासँग भौतिक उपस्थितिमै समेत सुझाव संकलन थालेको छ ।