नेप्से ४१ अंकले घट्दा ३ कम्पनीमा लाग्यो सकरात्मक सर्किट



काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से भारी अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ९.५५ अंकले घटेर ४७९.३९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ वटा उपसमूहको सेयर घटेको छ भने नन लाइफ इन्स्योरेन्स उपसमूहको सेयर मात्रै बढेको छ ।

आइत नेप्सेमा अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ५६ लाख ७४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै मुनाफा कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज मल्टीपर्पस फाइनान्सको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य्र ५.५० प्रतिशतले घटेको छ ।


कूल २३२ वटा कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार ४ सय १६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

Post Details