प्रतित पत्र नखाेली सुपारी आयात गर्न दिनुपर्ने माग


काठमाडौं । गुट्खा तथा सुर्ति उद्योगी व्यवसायीले सुपारी आयात गर्ने वातावरण सिर्जना गरिदिन आग्रह गरेका छन् । सुर्ति तथा गुट्खा उद्योगको राजस्वमा १० अर्ब रुपैँया योगदान रहेको भन्दै सुपारीको आयात सहज बनाउन व्यवसायीले आग्रह गरेका हुन् ।

सरकार र गुट्खा उद्योग व्यवसायी बीच उद्योग समितिको बैठकमा भएको छलफलमा १० दिनको लागि पुग्ने कच्चा पदार्थमात्र भएकोले यसलाई छिट्टै आयात गर्नुपर्ने बताएका हुन् ।

व्यवसायीले प्रतितपत्र (एलसी) नखोली सुपारी आयत गर्न माग गरेका छन् । एलसी खोलेर सुपारी आयात गर्न कम्तिमा पनि ५० दिन लाग्ने भन्दै त्यसले सुपारी आयात गर्न धेरै पछाडी धकेल्ने उनीहरुको भनाइ छ ।

सुपारी आयात गर्न सरकारले दिएको निर्देशन संसदीय समितिले आयात रोक्न निर्देशन दिएको थियो । सुपारी आयात रोक्दा उद्योग बन्द हुने अवस्थामा पुग्ने र सयौंलाई दिइराखेको रोजगार गुम्ने खतरा रहेको उद्योगीहरुले बताएका छन् ।

छलफलमा सचिव गणेश पाण्डेले सुपारी आयात गर्नु अवस्था नरहेको नेपालमानै सुपारी प्रशस्त रहेकोले सुपारी आयात रोक्न मन्त्रालयमा चिठ्ठी आएकोले त्यसमा उद्योगीहरुले किन त्यो प्रयोग नगर्ने ? भन्दै प्रश्न गरेका थिए ।

प्रश्नमा व्यवसायीले नेपालमा ५ हजार मेट्रिक टन मात्र सुपारी उत्पादन हुने र रुखबाट नै भारतीय व्यापारीले लैजाने हुँदा त्यो सुपारी नेपाली व्यवसायीले लिन नपाएको गुनासो गरेका थिए ।

श्री राम टोबाको उद्योगका सञ्चालक श्री राम तुलाधरले भारतीय व्यापारीलाई किसानले रुखबाट नै सुपारी महङ्गोमा बेच्ने भएकोले त्यो हामीले पाउने अवस्था नरहेको बताए ।

सुपारी आयात नखुलाए उद्योग बन्द गरेर कामदारलाई घर जा भन्ने अवस्था आउने उनीहरुले बताए थिए । सरकारले २५ हजार मेट्रिक टन सुपारी आयात गर्न दिएको अनुमतिमा उद्योगहरुले त्यत्रो सुपारी खपत नहुने बताएका छन् ।

सरकारले २५ हजार मेट्रिक टन सुपारी आयात गर्न अनुमति दिएको थियो ।