नवलपुरको कावासोतीमा सेञ्चुरी बैंकको नयाँ शाखा सञ्चालन



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नवलपुरको कावासोती बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

जेठ ९ गतेदेखि कावासोती नगरपालिका वडा नं. ८ कावासोती बजार, इन्द्रचोक नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

बैंकका सञ्चालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुसालले कावासोती शाखाको संयुत्त उद्घाटन गरेर सेवा शुभारम्भ गरेका छन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख जोखिम अधिकृत, दिपेश प्रधान लगायत बैंकका कर्मचारी, कावासोती च्यामबरका अध्यक्ष डाँसुराज पोखरेल ज्यू तथा स्थानीयवासीको उपस्थिति थियो ।

२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।