काठमाडौँ । नेपाल राष्ट्र बैंकले विजया दशमी, दीपावली तथा छठ पर्व, २०८३ को समयमा सार्वजनिक बिदाको अवधि लक्षित गरी हुन सक्ने साइबर फ्रड तथा स्क्यामको जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सतर्कता अपनाउन निर्देशन दिएको छ।
बैंक तथा वित्तिय संस्थाहरूले जिम्मेवार सम्पर्क व्यक्ति तोक्नुपर्ने उल्लेख गरेकाे छ।
सूचनाअनुसार संस्थाहरूले तोकिएको सम्पर्क व्यक्तिको नाम, पद, मोबाइल नम्बर र २४/७ अनुगमन हुने ड्युटी इमेल ठेगाना विवरण नेपाल प्रहरी प्रधान कार्यालयको इमेल ठेगानामा उपलब्ध गराउन आग्रह गरेकाे छ ।
सार्वजनिक बिदाको अवधिमा विद्युतीय माध्यमबाट हुने आर्थिक ठगीका घटनाको कारोबार विवरण समयमै उपलब्ध गराउन, शंकास्पद खाता तथा कारोबार पहिचान गरी तत्काल रोक्का गर्न र अनुसन्धान प्रक्रियालाई सहजीकरण गर्न यो व्यवस्था गरिएको हो।


प्रतिक्रिया दिनुहोस्