नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कर्मशले नेपालमा औद्योगिक ग्राम स्थापना गर्न मलेसियासँग आग्रह गरेको छ । चेम्बरले पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्र्तगत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो ।

नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनले चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसंग मलेसियाको लगानी सुनिश्चितताका लागि आफुहरुले पहल गर्ने बताएका हुन् । मल्ल र हसनको चेम्बरको भवनमा भेटवार्ता भएको हो ।

अध्यक्ष मल्लले भने,“नेपाल र मलेसियाबीच श्रमको क्ष्ँेत्रमा उच्चस्तरीय सहकार्य हुदै आएको छ । रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ । झण्डै चार लाख नेपाली युवा मलेसियामा रोजगारीमा छन् । श्रम सहकार्यसंगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौं ।”

नेपाल र मेलेसियाबीच लगानी सम्वन्धमा सरकारी तबरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने अध्यक्ष मल्लले बताए । नेपालमा पर्यटन, जलविद्युत, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरे । बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले आग्रह गरेका छन् । मलेसियाको लगानी सुनिश्चित गर्न निजी क्षेत्रको तर्फबाट आफुहरुले पनि पहल गर्ने अध्यक्ष मल्लले प्रतिवद्धता जनाए ।

मलेसियाका चार्च डि अफेयर्स हसनले लगानीका लागि आफुहरु तयार रहेपनि प्रतिफलको सुनिश्चितता सम्वन्धी कानून स्पष्ट हुन नसकेको बताए । उनले भने,“मलेसियाले सूचना प्रविधिको क्ष्ँेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाईरहेको छ । हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन । तर प्रतिफल सम्वन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौं ।”

मेलेसियाले अहिले पनि लाखौं नेपाली युवाहरुलाई रोजगारी दिएको स्मरण गराउ“दै हसनले आगामी दिनमा यो संख्या थप बढ्न सक्ने बताए । जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा नेपालमा लगानी गर्न मलेसिया तयार रहेको हसनको भनाई छ । नेपाल र मलेसियाबीच निजी क्षेत्रमा पनि सहकार्य गर्न आवश्यक रहेकोमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जोड दिए । अन्तर्राष्ट्रियस्तरको मेलामा एक अर्काको मुलुकका व्यवसायिक क्ष्ँेत्रलाई पनि प्रतिनिधित्व गराउन सकिए आर्थिक सम्वन्ध थप मजवुत हुने अध्यक्ष मल्लको भनाई छ ।