आव ०७९/८० को वार्षिक बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड, करिब पाँच खर्ब घाटा बजेट [पूर्णपाठ]


काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेको छ । पर्याप्त स्राेतबिना नै ल्याइएको यो ४ खर्ब ९८ अर्ब २६ करोड रुपैयाँको घाटा बजेट हो ।

अर्थमन्त्री जनार्दन शर्माले चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलब २ प्रतिशत तथा वित्तिय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशतसहितको बजेट पेश गरेका हुन् ।

बजेटमा प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत विनियोजित छ ।
बजेटका लागि राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड रुपैयाँ प्राप्त हुने आकलन गरिएको छ भने घाटा पूर्तिका लागि वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ५६ अर्ब बेहोरिने अर्थमन्त्री शर्माले बताए ।

पूर्ण पाठ