हाइस्प्रिरिट्स फिटनेस सेन्टर सञ्चालनमा, केशव स्थापितदेखि दिपाश्रीसम्म पुगे अवलाेकनमा (फाेटाे फिचर) 


काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा हाइस्प्रिरिट्स फिटनेस सेन्टर सञ्चालनमा आएको छ । कोभिड अघिसम्म सिनामंगलमा सञ्चालनमा रहेको ओएस्टर फिटनेस क्लबले नाम परिवर्तन गर्दै नयाँ व्यवस्थापनकासाथ पुरानो बानेश्वरको रोहिनी मार्गमा पुनः सञ्चालनमा आएको हाे । 

गणतन्त्र दिवसको दिन पारेर आइतबार औपचारिक उद्घाटन गरिएको फिटनेस क्लबले सोमबारदेखि नै नियमित सेवा दिन थालेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसी, स्थानीयवासी तथा नेपाल सरकारको निवृत्त वरिष्ठ अधिकृत जया भट्टराई, दुई पटक सगरमाथा आरोहण गरेका आरोही समिर थापा र पञ्चकन्याहरुले संयुक्त रुपमा क्लबको उद्घाटन गरेका हुन्। 

एमाले नेता केशव स्थापित, कलाकार दिपाश्री निरौला, निराजन प्रधान, प्रकाश शाह लगायतले फिटनेस सेन्टरको अवलोकन गरेका छन्। क्लवले एक महिना, तीन महिना, छ महिना र वर्षदिनकाे विभिन्न प्याकेज ल्याएकाे छ । अजित शर्मा, अमिर गुरुङ, सञ्जीव श्रेष्ठ, सतिस शर्मा, पुकार शाह र कैलाश कडेलसमेत ६ जना युवाले संयुक्त रूपमा क्लब सञ्चालनमा ल्याएका हुन्।