नेपालमा ह्वावेको दोस्रो “सिड्स फर द फ्युचर“ कार्यक्रम सुरु


काठमाडौं । ह्वावेले नेपाली विद्यार्थीहरूका लागि “सीड्स फर द फ्युचर” कार्यक्रम सुरु गरेको छ । – कम्पनीले ग्लोबल फ्ल्यागशिप सीएसआर अन्र्तगत यो कार्यक्रम सुरु गरेको हो । ह्वावेले यो कार्यक्रम नेपालमा गर्न लागेको दोस्रो पटक हो । नेपालका सबै सुचना, सञ्चार तथा प्रविधि (आईसीटी) सम्बन्धी विषयका स्नातक तहका विधार्थीहरु यसमा हुन पाउने कम्पनीले जनाएको छ ।

यस वर्ष, प्रतिस्पर्धात्मक आवेदन प्रक्रियाबाट छनोट भएका नेपालका ७ जना विद्यार्थीले अगस्ट १९ देखि अगस्ट २७ सम्म बैंककमा हुने पहिलो क्षेत्रीय कार्यक्रममा सहभागी हुन पाउनेछन् । यसमा सहभागी हुन चाहने विद्यार्थीले २०२२ जुन २६ सम्म सिड्स नेपालको वेभसाइटमा गएर फर्म भर्न सक्नेछन् ।

यस वर्ष ह्वावेले नेपालमा युनेस्कोसँग पनि साझेदारी गरेको छ । संस्थाले आफ्नो “नेक्स्ट ५०“ अभियान अन्तर्गत विद्यार्थीहरूलाई संलग्न गराउने जनाएको छ । कार्यक्रमले विद्यार्थीहरूलाई नेपालको आईसीटी उद्योगमा पहिलो अन्र्तदृष्टिहरू प्राप्त गर्ने र बैंककको ९ दिनको यात्रा गर्ने अवसर प्रदान गर्नेछ । बैंककमा, विद्यार्थीहरूले फाइभ जी, क्लाउड कम्प्युटिङ र एआई लगायत प्रमुख प्रविधिहरूमा प्रवेश स्तरका पाठ्यक्रमहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यस कार्यक्रममा विद्यार्थीहरुले अत्याधुनिक आईसीटी विकास, अन्तर्राष्ट्रिय संस्थाहरूको भ्रमण, विभिन्न संस्कृतिहरू अनुभव गर्नेछन् र एशिया प्यासिफिक क्षेत्रबाट साथीहरू बनाउने र “टेक फो गुड” समूह परियोजनामा भाग लिन पाउने छन् ।
टेक फो गुड परियोजनाको लागि, विद्यार्थीहरूले वास्तविक–विश्व वातावरणीय वा सामाजिक समस्याहरू विरुद्ध लड्न मौलिक विचार लिएर आउनुपर्ने ह्वावेले जनाएको छ ।

टेक फो गुड परियोजनाका विजेता टोलीहरूले अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित टेक फो गुड एक्सेलेटर क्याम्पमा सामेल हुन पाउनेछन् । थाइल्याण्डबाट २००८ मा सुरु भएको यो कार्यक्रममा १३० भन्दा बढी देश र क्षेत्रका १२ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिइसकेको कम्पनीले जनाएको छ । ह्वावेको छनोट समितिमा प्रा. डा. शशिधर राम जोशी, प्रा. डा. सुवर्ण शाक्य, प्रा. तिमिला यामी थापा र प्रा. डा. मनिष पोखरेल रहेका छन् ।