दोहोरो अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । बुधबार उच्च अंकले बढेको सेयरबजार आज भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.५८ अंकले घटेर २०६२.८६ अंकमा झरेको छ ।

सेन्सेटिभ परिसूचक पनि ३.९९ अंकले घटेर ३९६.३९ अंकमा झरेको छ । आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा कुमारी बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड ७४ लाख ६९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज बलेफी हाइड्रोपावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस दिन नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक समूहको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । बैंकको संस्थापक सेयरको मूल्य ६.६१ प्रतिशतले घटेको छ

कूल २२९ वटा कम्पनीको ४१ लाख ५६ हजार एक सय ४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५ सय ५४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।