लगानीकर्ताले उठाएका केही मागमध्ये ७० प्रतिशत कार्यान्वयनको चरणमा : अध्यक्ष हमाल


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताले उठाएका मागमध्ये ७० प्रतिशत कार्यान्वयनको चरणमा रहेको बताएका छन् । मंगलबार बोर्डको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा हमालले लगानीकर्ताले उठाएका केही मागहरु अहिले कार्यान्वयनको अवस्थामा रहेको र त्यसलाई पुरा गर्न बोर्ड लागि परेको बताएका हुन् ।

हमालले भने “कार्यन्वयन गर्न हामी लागिरहेका छौ कार्यान्वयन अवधि ३ महिना हुन, ६ महिना हुन सक्ला तर हामीले कार्यान्वयन गर्छौं ।” उनले बोर्डले ३ महिनादेखि नै अघि सारेका काम हरु कतिपय यहि असारमा र साउनसम्ममा कार्यन्वयनमा आउने चरणमा रहेको बताए ।

उनले बोर्डले अघि सारेका कार्यक्रम र लगानीकर्ताले राखेका मागहरु साझा भएको बताए । ७० प्रतिशत कामहरु कार्यन्वयनको चरणमा गईसकेकोले उनले अनसनको कार्यक्रम रोक्न आग्रह गरेका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको ४ १२ को नीतिले बजार प्रभावित बनेको निष्र्कष विज्ञ टोलीले निकालेको बताउँदै यसबार राष्टबैंकसँग छलफल हुने गरेको हमालले बताए ।

बजारमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालयको समन्वयमा सुझाव समिति गठन प्रक्रिया अगाडि बढिरहेको पनि अध्यक्षमा हमालले बताए। ‘छिटै समितिले पूर्णता पाउँछ’, उनले भने, ‘त्यही समिति बजारमा सुधारका लागि आवश्यक सुझाव सरोकारवालासँग लिनेछ र कार्यान्वयन गर्नेछ।’