असार अन्तिम साता बैंकहरुमा ४७ अर्ब रुपैँया निक्षेप थपियो


काठमाडौं । असार अन्तिम सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ । नेपाल बैंकर्स संघका अनुसार असार १७ गतेदेखि असार २४ गते सम्मको तुलनामा असार अन्तिम साता निक्षेप संकलनमा कमी आएको हो । वाणिज्य बैंकहरुले असार १७ गतेदेखि असार २४ गतेसम्म ६२ अर्ब रुपैँया निक्षेप संकलन गरेका थिए भने असार २४ गतेदेखि असार ३२सम्म ५७ अर्ब रुपैँयामात्र निक्षेप संकलन गरेको छ ।

असार अन्तिम साता भने बैंकहरुले १ अर्ब रुपैँया कर्जा प्रवाह गरेको छ । असार १७ गतेदेखि २४ गतेसम्म बैंकहरुको कर्जा प्रवाहमा कमी आएको थियो । त्यस अवधिमा बैंकहरुको कर्जा लगानी १० अर्बले घटेको थियो । बैंकसँग ४५ खर्ब ४१ अर्ब रुपैँया निक्षेप रहेको छ भने ४१ खर्ब ७५ अर्ब रुपैँया कर्जा प्रवाह गरेका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात ८६.४१ प्रतिशत रहेको छ ।