सामान्य अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं । केही दिनदेखि विस्तारै उकालो लागेको सेयरबजारमा आज भने ब्रेक लागेको छ । बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.८७ अंकले घटेर २०४४.७२ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक भने ०.८६ अंकले बढेर ३९१.६४ अंकमा पुगेको छ ।

बिहीबार अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारेबार रकमका आधारमा शिवम् सिमेन्टको नै सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ८० लाख एक हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको सेयरमूल्य ३.१६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सबैभन्दा धेरै घटेको छ ।

कूल २२५ वटा कम्पनीको ३९ लाख ८ हजार ३ सय ९५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६४ करोड २६ लाख ४८ हजार ५ सय ८७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।