सोमबार पनि सेयर बजारमा हरियाली


काठमाडौं । सोमबार पनि सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से परिसूचक ५४.४५ अंकले बढेर २१३२.९६ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ९.०५ अंकले बढेर ४०७.३८ अंकमा पुगेको छ ।

नेप्सेका अनुसार १३ उपसमुहमध्ये सबै उपसमुहहरु बढेको छ । सबैभन्दा धेरै फाइनान्स उपसमुह बढेको छ । सोमबार सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । शिवम् सिमेन्टको १५ करोड २९ लाख २४ हजार रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज ७ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावर लिमिटेड, ग्रिन डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त वित्तीय संस्था, मल्टिपर्पोज फाइनान्स, नारायणी विकास बैंक, सुर्योदय वामी लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड रहेका छन् । यि कम्पनीको सेयर मूल्य १० प्रतितशले बढेर सकारात्मक सर्किट लागेको हो । डिबेञ्चरका लगानीकर्ताले गुमाएका छन् ।

कूल २१४ ओटा कम्पनीको ९९ लाख ४४ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैँया कारोबार भएको नेप्सेले जनाएको छ ।