हात र सिठ्ठीको भरमा १७ लाख सवारी साधानको व्यवस्थापन


रवि थापा

काठमाडौं । काठमाडौंका १७ लाख सावरी साधानको व्यवस्थापन हातको र सिठ्ठीको भरमा १६ सय ट्राफिक प्रहरीले गर्दै आएका छन् । सरकारको लापरबाही र बेवास्ताका कारण काठमाडौंमा सवारी साधान व्यवस्थापन गर्न निकै चुनैतिपूर्ण बनेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयले एक वर्षमा गरेका कार्यक्रम र उपलब्धीहरुको विवरण पेश गर्दै काठमाडौंमा १७ लाख सवारी साधानको व्यवस्थापन १६ सय ट्राफिक प्रहरीले गर्दै आएको बताएको थियो ।

देशको राजधानी काठमाडौंका सडकमा नै ट्राफिक लाइट छैनन् । सरकार आफैंले लगानी गरेर जोड्ने कुरा त परै जाओस् । जापान सरकारले ठूलो लगानी गरेर जोडिदिएको लाइट पनि काम नलाग्ने भइसकेको छ । ट्राफिक लाइट नहुँदा ट्राफिक प्रहरीलाई हैरानी मात्रै छैन, सवारी चालक र यात्रुलाई समेत सास्ती खेप्नु परेको छ ।

ट्राफिक प्रहरी कार्यलय महाशाखाका प्रवक्ता एसपी राजन प्रसाद भट्टका अनुसार काठमाडौंमा ट्राफिक व्यवस्थापन गर्न निकै चुनौतिपूर्ण रहेको छ। प्रविधिको प्रयोग नर्गदा काठमाडौंमा सवारी व्यवस्थापनको काम दिनदिनै थप चुनौतीपूर्ण बन्दै गएको महाशाखाका प्रवक्ता भट्टकाे भनाइ छ । विस्तार भएको ८ लेनको रिंगरोडमा पनि ट्राफिक लाइट जोडिएन,’ उनी भन्छन्, ‘यसले गर्दा यात्रु, सवारी चालकलाई मात्रै समस्या छैन, बीच बाटोमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको ज्यान नै जोखिममा छ ।’

“सार्वजनिक यातायातमा मान्छेहरुको भीडभाड एकदमै बढी हुन्छ । जसकारण यात्रुहरु दिक्क भएका कारण निजी सवारी साधन दिनैदिन बढ्दै गएका छन् । ’’ भट्टराईले भने ।

भट्टले थपे, “लामो दुरीका सार्वजनिक यातायातले सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइदैँन । काठमाडौं उपत्यकामा छोटो दुरीमा चल्ने यातायात बढी भएकाले सिट क्षमता भन्दा केही संख्या थप्न पाइन्छ । तर चालकहरु बुझदैँनन् हाल्न पाए भन्दैमा मानिसहरु कोचेर लैजान्छ ।’’

“सवारी चालकामा चतेनाको कमी भएर होला नियम उलङ्गन गरे आफूहरु ठूलो मान्छे भएको महसुस गर्छन । ’’भट्टले भने ।

काठमाडौं उपत्यकामा ५७ वटा ट्राफिक लाइटमा १७ वटा देखावटीमा

काठमाडौं उपत्यकामा हालसम्म ५७ वटा ट्राफिक लाइट रहेका छन् । ५७ वटा ट्राफिक लाइट मध्ये ४० वटाले मात्र काम गरेका छन् भने बाकीँ १७ वटा बिग्रेको अवस्थामा रहेको छन् । प्रवक्ता भट्टका अनुसार अहिले विभिन्र निजी संस्थाहरु देखि सडक विभाग, महानगरपालिकाले सम्वन्य गरेर ट्राफिक लाइट जडान गर्ने निर्णय भएको छ । सबै ट्राफिक लाइटहरू राम्रो अवस्थामा सञ्चालन भएमा उपत्यकाको ट्राफिक जाम ४० प्रतिशतभन्दा बढी कम हुने र ट्राफिकको आधा जनशक्ति परिचालन गरे पुग्ने भट्टको भनाइ छ ।

ट्राफिक नियम मिच्नेलाई कडा कारबाही गर्ने

आर्थिक वर्ष २०७८ / ७९ मा ट्राफिकले नियम विपरीत लेन अनुशासन मिच्ने १३ हजार ८९३, मापसेबाट ३३ हजार ५९०, तीव्र गतिबाट १८ हजार ४१७ र रातो बत्तीबाट १८ हजार ९९४ सवारी कारवाहीमा परेका छन् ।

प्रवक्ता भट्टले ट्राफिक व्यवस्थापनका लागी उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुरका २२ ठाउँमा २४ घण्टा प्रहरी परिचालन गर्न थालेको बताएका छन् । नियम विपरित कार्य कसैले गरेको फेला परेमा सचेतना कक्षा दिने र यदि उनीहरुले नियमलाई पालना नगरे कानुनी कारबाही गर्ने भट्टले बताए ।