नेक्सन ईभीको नेपालमा १ वर्ष पुरा


काठमाडौं । सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा विक्री वितरण सुरु गरेको एक वर्ष पूरा भएको छ । यस ईभीको उत्पादन भारतको गाडी निर्माता टाटा मोर्टसले गरेको हो ।

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको कम्पनीले जनाएको छ । एक वर्षको छोटो अवधिमै लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार उक्त कम्पनी सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता रहेको छ ।

दक्ष कर्मचारी एवं भौतिक संशाधनहरुको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरेको आधिकारिक वितरक सिप्रद्धि ट्रेडिङको भनाई छ ।