नेप्से परिसूचक ५४ अंकले बढ्यो


काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक ५४ अंकले बढेको छ । आइतबार नेप्से परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ९.७२ अंकले बढेर ४१९.२० अंकमा पुगेको छ ।

आइतबार कारोबार भएका १३ उपसमुहमध्ये फाइनान्स घटेको छ भने १२ ओटा उपसमुहहरु बढेका छन् । आइतबार कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २१ करोड ३४ लाख १६ हजार रुपैँया बराबारको कारोबार भएको हो ।

आज सर्वाधिक आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

गुडविल फाइनान्स डिबेन्चर, कुमारी बैंक लिमिटेडका प्रोमोटर लगानीकर्ताले गुमाएका छन् ।

कुल २२० कम्पनीको सेयर कारोबार १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैँया बराबारको कारोबार भएको नेप्सेले जनाएको छ ।