नेप्से परिसूचक बुधबार पनि घट्यो


काठमाडौं । बुधबार पनि नेप्से परिसूचक झिनो अंकले घटेकोे छ । मंगलबार (हिजो) नेप्से परिसूचक २.७६ अंकले घटेर २१९३.४८ अंकमा पुगेको थियो । बुधबार (आज) नेप्से परिसूचक ६.७२ अंकले घटेर २१८६.७६ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक ०.६३ अंकले घटेको छ । सेन्सेटिभ परिसूचक ४२०.५० अंकमा झरेको छ ।

१३ उपसमुह मध्ये बुधबार ४ उपसमुह बढेको छ भने ९ ओटा उपसमुह घटेका छन् । व्यापार, जलविद्युत, लघुवित्त र म्युचुअल फण्ड बढेका छन् भने बित्त, निर्माण र उत्पादन, बैंकिङ, होटल र पर्यटन, विकास बैंक, र्निजिवन बिमा, अन्य, जिवन बिमा र लगानी उपसमुहहरु घटेका छन् । बुधबार कारोबार रकमको आधारमा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड ३४ लाख ३० हजार रुपैँया बराबारको कारोबार भएको हो ।

आजसाम्लिङ पावर कम्पनी, बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यी कम्पनीको सेयर मूल्य क्रमश ९.९९ प्रतिशत, ९.९७ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । स्टाण्डर्ड चार्टड बैंक र गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

कुल २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४४० रुपैँया बराबारको कारोबार भएको नेप्सेले जनाएको छ ।