गलत सूचनासँग सजग रहन एनसेलको आग्रह


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रयोगकर्तालाई प्रलोभनमा पार्ने भ्रामक पोष्ट तथा सन्देश प्रचार गरेको पाइएकाले सजग रहन आग्रह गरेको छ । कम्पनीको नाम, लोगो र अफरका विज्ञापन दुरुपयोग गरी विभिन्न फेसबुक पेज र लिङ्कमार्फत प्रयोगकर्तालाई प्रलोभनमा पार्ने गरेकोले सजग रहन आग्रह गरेको हो ।

एनसलले त्यस्ता प्रचारसँग सम्बन्धित पेज वा लिङ्कमा क्लिक गरी आप्mना व्यक्तिगत विवरण नदिन अनुरोध गरेको छ । अनाधिकृतरुपमा सञ्चालित पेज, लिङ्क वा वेभसाइटका भ्रामक प्रचारमा विश्वास गर्दा व्यक्तिगत विवरण चोरी हुने अकाउन्ट ह्याक हुने जोखिम रहने एनसेलले जनाएको छ ।