काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कर्याकारी अधिकृत (सिइओ)मा युगेशभक्त बादे श्रेष्ठ पुनः नियुक्त भएका छन् । सिइओ श्रेष्ठ यहि साउन २३ गतेदेखि लागू हुने गरि दोस्रो कार्यकालको लागि पुनः नियुक्त भएका हुन् ।
असार ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा श्रेष्ठलाई नै पुनः नियुक्ती गर्ने निर्णय गरेको हो ।
२७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठ पछिल्लो ७ वर्ष आइएमआई जनरल इन्स्योरेन्सको नेतृत्व सम्हाल्दै आएका छन्।
बीमा क्षेत्रमा लामो अनुभव भएका श्रेष्ठको नेतृत्वमा कम्पनीले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको इन्स्योरेन्सले जनाएको छ।
कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई दोश्रो कार्यकालको लागि पुनः नियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।
सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरका छन् ।


 
                            

                    
प्रतिक्रिया दिनुहोस्