नेप्से २७ अंकले घट्यो, हिमालय डिष्टिलरीको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २७ अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २७.९२ अंकले घटेर २०१०.०१ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ४.७३ अंकले घटेर ३ सय ८६.९४ को अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सूचक घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी कम्पनी सर्वाधिक कारोबार भएको छ । कम्पनीको १६ करोड ५३ लाख ९६ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.१० प्रतिशतले बढेको छ ।

त्यस्तै आज गुँरास लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.०९ प्रतिशतले घटेको छ ।

कूल २२७ वटा कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।