डिजीपे र स्टार हस्पिटल बीच सम्झौता , डिजीपेका ग्राहकले हस्पिटल सेवामा छुट पाउने


काठमाडौं । डिजी पे प्रा.लिले आफ्नो बजार र सेवा विस्तार गर्ने योजना अन्तर्गत ललितपुर स्थित स्टार हस्पिटलसँग सहकार्य गर्ने सम्झौता गरेको छ ।

सहकार्य अन्तर्गत डिजी पे ले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पेमा आबद्ध हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य रु. ८२५ को दुइ वटा गरी रु. १,६५० बराबर ओ.पी.डी. टिकट निशुल्क पाउने छन् भने बेड तथा स्वास्थ्य परीक्षणमा १०% र औषधि खरिदमा ५% सम्मको छुट पाउने छन् ।

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने बताए छन् । सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए ।

डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटल जस्तो प्रतिष्ठित स्वास्थ्य संस्थासँग सहकार्य गरि आफ्ना व्यवसायी र ग्राहकलाई यस्तो विशेष अफर दिन पाउनु निकै महत्वपूर्ण विषय भएको बताए । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजनामा छ, त्यस अन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो खुड्किलो उपलब्धीपूर्ण रहेको छ ।

सम्झौतापत्रमा स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जन र डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।