काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १६.४७ अंकले बढेर २६१३.३३ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १२ उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार हिमालयन डिष्ट्रिलरीको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको ३५ करोड ८२ लाख १६ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सोमबार १० प्रतिशत केबिएल डिबेञ्चर २०९० का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १२.१७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १०.५८ प्रतिशतले घटेको छ ।
कुल ३५७ कम्पनीको एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३८ करोड ५७ लाख बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्