सोझै २५ अर्ब रूपैयाँ बराबरको सरकारी ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोझै २५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ ।

बैंकले २०७९ पुस मसान्तसम्म भुक्तानी मिति भएको नेपाल सरकारको ट्रेजरी बिल्स साेझै खरिद बोलकबोल गर्ने भएको हो ।
प्रतिस्पर्धात्मक प्रणालीबाट कट अफ मूल्यमा बोलकबोल हुने ट्रेजरीका लागि खरिदकर्ताले न्यूनतम ५ करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंक सम्मका लागि माग गर्न सक्नेछन् ।

बैंकले ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । यो ट्रेजरी बिल भोलि ९भदौ १० गते, शुक्रबार खरिद गरिनेछ ।