साओमी १२ लाइट नेपाली बजारमा, १०८ मेगापिक्सेल क्यामरा, शुरुवाती मूल्य ५१ हजार


काठमाडौं । चिनिया स्मार्टफोन ब्राण्ड साओमीको पछिल्लो उत्पादन साओमी १२ लाइट नेपाली बजारमा भित्रिएको छ । १०८ मेगापिक्सेलको क्यामरासहितको यो फोनको शुरुवाती मूल्य ५० हजार ९९९ रहेको छ । फोनमा २ मेगापिक्सेलको क्याक्रो क्यामरासमते छ ।

“साओमीले नवीनतम प्रविधिमा अपडेट भईरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहन्छ” नेपालमा सार्वजनिक गर्दै साओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले भनेका छन्, “हामीले हाम्रो मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन साओमी १२ लाइट ल्याएका छौं, यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभुतपुर्व अनुभव लिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं।”

कम्पनीले ६ जीबी -याम १२८ जिबी स्टोरेज भर्ननको मूल्य ५० हजार ९९९ तोकेको छ भने ८ जीबी ¥-म १२८ जिबी स्टोरेज भर्सनको मूल्य ५३ हजार ९९९ तोकेको छ । नेपालभरको आधिकरिक स्टोरहरुबाट फोन उपलब्ध हुने कम्पनीले जनाएको छ ।
साओमी १२ लाइट हरियो, गुलाफी र कालो रंगहरुमा उपलब्ध छ ।

प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाईड म्याट कलर ग्रेडिएन्त फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गरिरहेको कम्पनीको भनाइ छ ।

फोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामरा छ भने जसमा जीडी २ सेन्सर र अटो फोकसर सुविधा छ । १९ वटा टेम्पलेट सहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एआई र थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् ।

स्न्यापड्रागन ७७८ जी चिपसेट जडित मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउने दाबी कम्पनीको छ । ४३०० एमएएचको ब्याट्रि भएको हुँदा दिनभरी चलाउँदा पनि ब्याट्रिको समस्या नहुने देखिन्छ भने ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्रि चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान गर्छन् । आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिंग मोड ३.०र ट्रु डिस्प्ले राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन्।