हिरोले ल्यायो दशै अफर, मोटरसाइकल वा स्कुटर किन्दा ७,५०० छुट


काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले आहा दशैं अफर ल्याएको छ । चाडपर्वको उमङ्ग, हिरो चढी दङ्ग ट्यागलाइनका साथ उपलब्ध सो अफरमा हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर किन्दा ७ हजार ५ सय रुपैयाँ छुट पाउने जनाएको छ ।

कम्पनीका अनुसार मोटरसाइकल वा स्कुटर किन्दा हरेक स्क्र्याचमा १ लाख रुपैयाँ सम्म छुट हुनेछ भने बम्परमा १ लाख रुपैयाँ पुरस्कार पाइने छ ।

नेपाली बजारमा उपलब्ध सबै मोटरसाइकल र स्कुटरमा हिरोले शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने स्किम समेत पहिले देखि नै उपलब्ध गराइरहेको छ ।

त्यसैगरी तत्काल हिरोफेरि अन्तर्गत पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ मोटरसाइकल वा स्कुटर ५ मिनेटमै साट्न सकिने अफर समेत उपलब्ध छ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीको भनाइ छ ।

नेपाली बजारमा हिरोको सबैभन्दा कम मूल्यको मोटरसाइकल एचएफ डिलक्स हो । यसको मूल्य १ लाख ८३ हजार रुपैयाँ छ । त्यसैगरी सबैभन्दा धेरै मूल्यको मोटरसाइकल एक्सपल्स २०० फोरभी हो । यसको मूल्य ४ लाख ५२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

स्कुटरमा सबैभन्दा कम मूल्य ११० सीसीको प्लेजर हो । यसको मूल्य २ लाख ५ हजार ५ सय रुपैयाँ छ भने सबैभन्दा धेरै मूल्यको स्कुटर हिरो माएस्ट्रो एज १२५ एफआई हो । यसको मूल्य २ लाख ६८ हजार रुपैयाँ छ ।

नेपाली बजारमा उपलब्ध हिरोका मोटरसाइकलमा ५ वर्ष वा ७० हजार किलोमिटर र स्कुटरमा ५ वर्ष वा ५० हजार किलोमिटर सम्म वारेन्टी उपलब्ध छ । त्यसैगरी सबै मोडलमा ९ पटक निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।