नेप्सेमा झिनो सुधार, कारोबार रकम भने डेढ अर्ब मुनि


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक ३.७६ अंकले बढेर १९९३.०२ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक १.७६ अंकले बढेर ३८७.४६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ वटा उपसमह घटेका छन् भने ९ वटा उपसमुहमा हरियाली छाएको छ ।

सोमबार कारोबार रकमका आधारमा नेपाल दुरसंचार कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ११ करोड २५ लाख ७६ हजार ७७८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.४८ प्रतिशतले बढेको छ ।

त्यस्तै आज रुरु जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् कम्पनीको सेयरमूल्य ५.७० प्रतिशतले घटेको छ ।

कुल २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता सेयर किनबेच हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजार १ सय ५० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार कम्पनीको ११ करोड २५ लाख ७७ हजारको सेयर किनबेच भएको छ । यस्तै अरुण कावेली पावरको ५ करोड ५५ हजारको कारोबार भएको छ ।