बुधबार पनि दोहोरो अंकले घट्यो सेयरबजार


काठमाडौ । कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ अंकमा झरेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ४.३६ अंकले घटेर ३ सय ८४ रूपैयाँ ५९ पैसामा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको छ ।

त्यस्तै बुधबार कारोबार रकमका आधारमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । एनटीसीको १० करोड ७४ लाख ८३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन आरबीबी म्यूचुअल फण्ड १ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १.९० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.८६ प्रतिशतले घटेको छ ।

कूल २२४ वटा कम्पनीको २९ लाख ९२ हजार ८ सय ७३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १२ करोड ६२ लाख १७ हजार ८ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

यस दिन हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ६.८६ प्रतिशतले घटेर ३ सय ३८ रूपैयाँ २० पैसामा झरेको छ ।