नेप्सेमा नेपाल पुनर्बीमाको सेयरमूल्य समायोजन


काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ६१ रूपैयाँ ९० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको नेप्सेले जनाएको छ । नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य ६ सय ९५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Skip This