चरम व्यापारीकरणको सिकार प्राङ्गारिक खेती 


चरम नाफामुखी अस्थिर खेती प्रणालीको विकल्पका रूपमा उठान भएको प्राङ्गारिक कृषि अभियान कतै त्यही नाफाखोर कृषि प्रणालिको हिस्सा त हुँदै छैन ? सोच्ने बेला भइसकेको छ ।

अरुण जिसी 

मानिसले खेती गर्न सुरु गरेदेखि नै कसरी धेरैभन्दा धेरै कृषि उत्पादन गर्न सकिन्छ भनेर खोज्न थालेका हुन् । गाईको गोबरको महिमा वेदमा नै वर्णित छ भने रोमन तथा मिश्र सभ्यतामा पनि विभिन्न प्राङ्गारिक तथा खनिज मलहरूको प्रयोग गरेको पाइन्छ ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले आठ हजार वर्षअघि युरोपमा खेतीका लागि मल प्रयोग भएको प्रमाणित गरेका छन् । बालीनालीमा पिसिएको हड्डीको राम्रो प्रभाव देखेपछि इंग्ल्यान्डले बाँकी युरोपेली मुलुकबाट सन् १८१५ मा हड्डीहरूको ठूलो मात्रा आयात गरेको इतिहास भेटिन्छ । घरपालुवा जनवरको निधन भएपछि मृत शरीरलाई गाडेर त्यसमाथि फलफूलका बिरुवा रोप्ने हाम्रो पनि पुरानै चलन हो । 

१९औं शताब्दीसम्म विश्वभर कृषि पूर्णरूपमा कृत्रिम रसायनरहित नै थियो । तर जब सन् १८३९ मा जोन बी लजसले इंग्ल्यान्डमा सल्फरिक अम्लमा हाडखोरलाई प्रतिक्रिया गराई सुपर फोस्फेटको विकास गरे, त्यसपछि कृत्रिम रसायनको प्रयोगको सुरुवात भयो । 

कृषिमा रासायनिक मलको व्यापक प्रयोगका लागि जस्टस भोन लिबिङको सन् १८४० मलसम्बन्धी अनुसन्धान एक ऐतिहासिक घटनाक्रम भएर आयो । उनले ‘थ्योरी अफ मिनरल न्यूट्रिन्ट्स’ र ‘ल अफ मिनिमल’ पत्ता लगाए । उनले बोटविरुवाहरूले माटोबाट नाइट्रोजन (एन), फस्फोरस (पी) र पोटासियम (के) लिन्छ भन्ने पत्ता लगाए । उनको निश्कर्ष थियो कि माटोको उर्वराशक्ति कायम गर्ने वा बढाउने हो भने हामीले एनपीके खेतबारीमा निरन्तर थप्नु आवश्यक हुन्छ । 

सन् १८६१ मा जर्मनीमा पोटासयुक्त रासायनिक मलको उत्पादन हुन थाल्यो । नाइट्रोजनयुक्त रासायनिक मलको हकमा भने सन् १९०३ मा नाइट्रिक अम्लबाट उत्पादित क्याल्सियम नाइट्रेट नै पहिलो रासायनिक मल हो । सन् १९१३ मा संश्लेषित एमोनियाको उत्पादन पश्चात भने धेरै प्रकारका नाइट्रोजनयुक्त रासायनिक मलहरू उत्पादन भएको पाइन्छ । 

कृषिको सुरुवात नितान्त प्राङ्गारिक थियो। जति पनि कृषि क्षेत्रमा विकास भए ती विकासका उद्देश्य नितान्त नाफामा वृद्धि गर्नु नै थिए। रासायनिक मल, विषादी, सघनखेती प्रणाली, एकलखेती प्रणाली, ठिमाह प्रजातिको विकास, अनुवंशिक परिवर्तित प्रजातिहरूको विकास आदि सबै नै नाफा ज्यादाभन्दा ज्यादा र चाँडोभन्दा चाँडो हासिल गर्नमा नै केन्द्रित भएका थिए ।

हाल बजारमा विभिन्न प्रकारका तथा अवस्थाका रासायनिक मलहरू उपलब्ध छन् । कुनै बाली अनुसारका छन् त कुनै बाली वृद्धि अवस्था विशेषका । त्यतिमात्र होइन ठोस, दान, तरल आदि हरेक अवस्थाका मल पनि विकसित गरिएका छन् 

विषादीको इतिहास

कृषिमा विषादीको इतिहास पनि निकै पुरानो छ । करिब तीन हजार वर्ष पहिला नै ग्रीसका कवि होमेरले रोग–किरा भगाउने सल्फरको बारेमा वर्णन गरेका थिए । पाइरेथ्रम प्रयोगको इतिहास प्राचीन पर्सिया सभ्यतामा करिब ४०० ईसा पूर्वको पाइन्छ । तर, रासायनिक विषादीको प्रयोग भने १९औं शताब्दीको मध्य तिरबाट जबरजस्त वृद्धि भएको देखिन्छ ।

सन् १८६० तिर अमेरिकामा आलुको खपटे किरा नियन्त्रण गर्न आर्सेनिकयुक्त विषादीको प्रयोग भएको पाइन्छ । त्यसैताका पेरिस ग्रीन नामक र सन् १८७८ ताका लन्डन पर्पल नामक आर्सेनिकयुक्त विषादीको व्यापक प्रयोग भएको भेटिन्छ । सन् १८७४ मा विश्व विख्यात डीडीटी (डाइक्लोरो डाइफिनाइल ट्राइक्लोरोइथेन)को आविष्कार भयो ।

यद्यपि यसको विषादीको गुण भने सन् १९३९ मा मात्र पत्ता लागेको थियो । डीडीटीको सफल प्रयोगका लागि सन् १९४८ मा डा. पाउल हर्मन मुल्लेरलाई औषधि विधाको नोबल पुरस्कार पनि प्रदान गरिएको थियो । त्यसपछि रासायनिक विषादीहरूको आविष्कारको एक प्रकारको बाढी नै आएको देखिन्छ । 

रासायनिक मल तथा विषादीको व्यापक प्रयोग

सन् १७९८ को थोमस माल्थसको सिद्धान्तले आकुल–व्याकुल भएको मानव जातिलाई शितलता प्रदान गर्ने काम ग¥यो डा. नोर्मन अर्नेस्ट बोर्लगको कार्यले । उनले मेन्डलले प्रतिपादन गरेको अनुवांशिक सिद्धान्तलाई प्रयोग गर्दै सन् १९४० को दशकमा धेरै फल्ने र होचो जातका गहुँको विकास गरे । ती गहुँका जातहरू हावाहुरीले कम ढल्ने र मल तथा सिँचाइको व्यवस्था हुँदा स्थानीय जातहरूले भन्दा निकै ज्यादा उत्पादन दिन थाले । यो तीव्र्र गतिमा विश्वभर फैलियो ।

गहुँबाट सुरु भएको यो हरित क्रान्ति धानमा पनि सुरु भयो । सन् १९६० को दशकताका भारत तथा पकिस्तानजस्ता चरम भोकमरी रहेका देशहरूले उल्लेख्य उत्पादन वृद्धि गरे र आधारभूत खाद्य वस्तुमा आत्मनिर्भर नै बने । डा. बोर्लगको चमत्कारी उक्त शोधले करोडौं मानिसलाई भोकमरीबाट मुक्त गराएको कदर स्वरूप सन् १९७० मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो ।

गहुँबाट सुरु भएको यो हरित क्रान्ति धानमा पनि सुरु भयो । सन् १९६० को दशकताका भारत तथा पकिस्तानजस्ता चरम भोकमरी रहेका देशहरूले उल्लेख्य उत्पादन वृद्धि गरे र आधारभूत खाद्य वस्तुमा आत्मनिर्भर नै बने । डा. बोर्लगको चमत्कारी उक्त शोधले करोडौं मानिसलाई भोकमरीबाट मुक्त गराएको कदर स्वरूप सन् १९७० मा उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरियो ।

हरित क्रान्तिसँगै पहिलो विश्व युद्धपश्चात नै अर्को विश्वव्यापी आर्थिक अभियान थियो जसलाई उदारीकरण र विश्वव्यापीकरणका नामले चिनिन्छ । सन् १९४८ अन्तर्राष्ट्रिय व्यापार तथा भन्सारसम्बन्धी सम्झौता (ग्याट) को स्थापनासँगै विश्व एक नयाँ परिस्थितिमा पुगेको थियो । पछि यसको विकास हुँदै सन् १९९५ मा विश्व व्यापार संगठन (डब्लूटीओ)को स्थापना भयो । यसले विशेषतः साना कृषकलाई असहज परिस्थिति सिर्जना ग-यो ।

ठूला कृषक तथा कृषि व्यवसायीहरू ज्यादा लाभान्वित भए । उनीहरूले अझ सघन खेती प्रणाली अपनाउन थाले । त्यस्ता ठूला कृषि व्यवसायको बजार दिनदिनै विश्वव्यापी हुँदै गयो । विदेशी खाना खाएर समाजमा आफूलाई सभ्य र धनी ठान्ने विकासशील तथा अतिकम विकासित देशका उपभोक्ताका कारण ठूला देशका कृषि व्यापार राम्रै बढ्यो । यस प्रकार बढ्दो मागलाई लक्षित गर्दै धेरै उत्पादन गर्न अधिकतम रासायनिक मल तथा विषादीको प्रयोग हुन थाल्यो ।

औद्योगिक क्रान्तिबाट सुरु भएको बढ्दो सहरीकरण विश्वव्यापीकरणले झनै तीव्रता पायो । सहरीकरणको प्रत्यक्ष प्रभाव कृषि पद्दतिमा पनि स्वाभाविक रूपमा प-यो । मानिसहरू सहरतर्फ आकर्षित भइरहँदा एक साथ दोहोरो असर कृषि क्षेत्रमा प¥यो । पहिलो असर कृषिबाट श्रम पलायन भयो भने सोही समयमा सहरमा कृषि उपजको माग बढ्न थाल्यो । यो असन्तुलनलाई व्यवस्थित गर्न पनि सघन खेती हुन थाले । नयाँ बीउबिजन, रासायनिक मल, विषादी आदिको प्रयोग कृषिमा बढ्यो । यो तीव्र सहरीकरणले कृषि पद्दतिलाई पनि परिवर्तन गर्न थाल्यो ।

पहिला घरघरमा हुने पशुपन्छी क्रमिक रूपमा घट्न थाले भने सहर केन्द्रित ठूला पशुपन्छी फार्महरू खुल्न थाले । यसले घरघरमा उत्पादन हुने प्राङ्गारिक मलको मात्रमा उल्लेख्य कमी आउन थाल्यो । सघन पशुपन्छी पालनबाट आहाराको प्रकृति मात्र होइन, रोगहरू प्रकृति पनि बदलिन थाल्यो । यस्ता फार्महरूमा विषादी तथा औषधिका साथै विभिन्न वृद्धिवद्र्धक हर्माेनहरूको प्रयोगले व्यापकता पाउन थाल्यो ।

पराम्परागत मिश्रित बाली विस्तारै कम हुँदै गयो । पशुपन्छीको संख्यामा नाटकीय परिवर्तन हुन थाल्यो । पहिला घरघरमा हुने पशुपन्छी क्रमिक रूपमा घट्न थाले भने सहर केन्द्रित ठूला पशुपन्छी फार्महरू खुल्न थाले । यसले घरघरमा उत्पादन हुने प्राङ्गारिक मलको मात्रमा उल्लेख्य कमी आउन थाल्यो । सघन पशुपन्छी पालनबाट आहाराको प्रकृति मात्र होइन, रोगहरू प्रकृति पनि बदलिन थाल्यो । यस्ता फार्महरूमा विषादी तथा औषधिका साथै विभिन्न वृद्धिवद्र्धक हर्माेनहरूको प्रयोगले व्यापकता पाउन थाल्यो ।

जलवायु परिवर्तनको असर

जलवायु परिवर्तन नितान्त प्राकृतिक चक्र हो तर यसको अप्राकृतिक तीव्रता भने चिन्ताको विषय हो । विशेषतः औद्योगिक क्रान्तिसँगै जलवायु परिवर्तनको गति बढ्यो । यसको असर व्यापक भयो र कृषि अछुतो हुने कुरा पनि भएन । माथि उक्लदै गरेको हिमरेखा, अत्यधिक चिसो, अत्यधिक तातो, असमान र असमायिक वर्षाको आवृत्तिलगायतका कारण र जलवायुबाट सिर्जित अन्य कारण बालीनालीमा कमी मात्र होइन, कहीँकतै पूर्ण क्षति वा नष्ट भएका घटनाहरू बढ्न थाले ।

यससँग जुझ्न बालीनालीका नयाँ जातिहरू विकास हुन थाले । आनुवांशिक परिवर्तित जातिहरू विकसित गरेर प्रयोगमा ल्याउन थालियो । यस्ता बाली नयाँ ठाउँमा जाँदा र जलवायुको परिवर्तित स्वरूपका कारण कतै नयाँ रोगकिरा देखिन थाले, कतै झन नकारात्मक असर देखिन थाले । उदाहरणका लागि भारतमा बीटी कपासको पूर्ण क्षतिलाई लिन सकिन्छ । यसबाट बच्न अझ धेरै कृषि रसायनहरूको प्रयोग बढ्न थाल्यो।

प्राङ्गारिक अभियान 

प्राङ्गारिक खेतीको सुरुवात आदिम कालबाट नै भएको हो । बीचमा रासायनिक कृषि उत्पादन सामग्रीहरूको प्रयोग र त्यसले श्रृजना गरेको अर्थ–राजनीतिक पद्दतिको कारण प्राङ्गारिक खेतीको पुनः चर्चा हुन थालेको हो । प्राङ्गारिक कृषिको पुनः चर्चा सन् १९११ बाट आरम्भ भएको हो ।

प्राङ्गारिक खेतीको सुरुवात आदिम कालबाट नै भएको हो । बीचमा रासायनिक कृषि उत्पादन सामग्रीहरूको प्रयोग र त्यसले श्रृजना गरेको अर्थ–राजनीतिक पद्दतिको कारण प्राङ्गारिक खेतीको पुनः चर्चा हुन थालेको हो । प्राङ्गारिक कृषिको पुनः चर्चा सन् १९११ बाट आरम्भ भएको हो ।

अमेरिकी बालीविज्ञ एफएच किङले सन् १९०९ मा चीन, कोरिया र जापानको भ्रमणका क्रममा त्यहाँको परम्परागत खेती पद्दतिको अवलोकन र अध्ययन गरी ‘फार्मर्स अफ फोर्टी सेन्चुरीः अर्गानिक फार्मिङ इन चाइना, कोरिया एन्ड जापान’ शीर्षकमा कृषिसम्बन्धी पुस्तक प्रकाशन गरे ।

सन् १९२४ ताका युरोपेली कृषकहरू माटोको र बालीको घट्दो गुणस्तरलाई लिएर चिन्ता व्यक्त गर्न थाले । सोही वर्ष डा. रुडाल्फ स्टिनरले बायोड्यानामिक कृषिका बारेमा जर्मनीमा प्रवचनहरू दिए । सन् १९३८ मा अमेरिकी कृषि विभागले प्राङ्गारिक खेतीको लागि माटो र मान्छे नामक पुस्तिका प्रकाशन गरेको थियो जुन आजसम्म पनि उत्तिकै उपयोगी मनिन्छ ।

इंग्ल्यान्डकी एभ बाल्फोरले सन् १९३९ को रसायनयुक्त खेती र प्राङ्गारिक खेतीको तुलनात्मक अध्ययन गरेर सन् १९४२ मा जीवित माटो (द लिभिङ स्वायल) नाम पुस्तक प्रकाशित गरिन् । सायद यो नै यस प्रकारको पहिलो अनुसन्धान थियो । बेलायती बालीविज्ञ लर्ड नर्थबोउर्नेले सन् १९४० मा ‘लुक टू द ल्यान्ड) प्रकाशित गरे जहाँ उनले खेतबारीलाई जीवको रूपमा व्याख्या गर्दै पारिस्थितिक सन्तुलनलाई प्रवद्र्धन गर्न वकालत गरी त्यस्तो पद्दतिलाई प्राङ्गारिक (अर्गानिक) भनी परिभाषित गरेका थिए । यो नै अर्गानिक शब्दको पहिलो प्रयोग थियो सायद ।

रचेल कार्सनले सन् १९६२ मा प्रकाशन गरेको ‘साइलेन्ट स्प्रिङ’ प्राङ्गारिक अभियानको कोशेढुंगा सावित भयो जसले कृषि रसायनका नकारात्मक पक्षहरूलाई तथ्यगत रूपमा सफलतापूर्वक उजागर गरेको थियो । वास्तवमा त्यो प्राङ्गारिक कृषिभन्दा पनि वातावरणीय दृष्टिकोणबाट लेखिएको किताब थियो ।

सन् १९७२ मा फ्रान्स, संयुक्त अधिराज्य, स्वीडेन, दक्षिण अफ्रिका र अमेरिकाका राष्ट्रिय संस्थाहरू भर्सिलिसमा जम्मा भएर अन्तर्राष्ट्रिय प्राङ्गारिक अभियान संघ (इन्टरनेसनल फेडेरेसन अफ अर्गानिक एग्रिकल्चर मुभमेन्ट–आईएफओएएम)को स्थापना गरे । यसै संस्थाले प्राङ्गारिक अभियानको नेतृत्वदायी भूमिका खेलिरहेको छ।

सन् १९७२ मा फ्रान्स, संयुक्त अधिराज्य, स्वीडेन, दक्षिण अफ्रिका र अमेरिकाका राष्ट्रिय संस्थाहरू भर्सिलिसमा जम्मा भएर अन्तर्राष्ट्रिय प्राङ्गारिक अभियान संघ (इन्टरनेसनल फेडेरेसन अफ अर्गानिक एग्रिकल्चर मुभमेन्ट–आईएफओएएम)को स्थापना गरे । यसै संस्थाले प्राङ्गारिक अभियानको नेतृत्वदायी भूमिका खेलिरहेको छ।

प्राङ्गारिक खेतीको अर्थ राजनीति

कृषिको सुरुवात नितान्त प्राङ्गारिक थियो । जति पनि कृषि क्षेत्रमा विकास भए ती विकासका उद्देश्य नितान्त नाफामा वृद्धि गर्नु नै थिए । रासायनिक मल, विषादी, सघनखेती प्रणाली, एकलखेती प्रणाली, ठिमाह प्रजातिको विकास, अनुवंशिक परिवर्तित प्रजातिहरूको विकास आदि सबै नै नाफा ज्यादाभन्दा ज्यादा र चाँडोभन्दा चाँडो हासिल गर्नमा नै केन्द्रित भएका थिए । 

यी र यस्ता विकासहरूले मानव, श्रम, कृषि र वातावरणका सम्बन्ध र अन्तरसम्बन्धलाई करिब पूर्णरूपले बेवास्ता गर्दै गए र कृषिको उत्पादनमा मात्र केन्द्रिकृत हुँदै गए । यो नै वास्तवमा पुँजीवादी विचारधारको मुख्य तत्व थियो । हुन त कार्ल माक्र्सले कृषिकै विषयमा उति साह्रो अध्ययन गर्न भ्याएनन् होला तर माक्र्सवादी विचारधार र प्राङ्गारिक विचारधाराबीच राम्रै ताद्म्य भेटिन्छ । विशेषगरी श्रमको व्याख्या, नाफाको व्याख्या तथा धनी झन् धनी र गरिब झन् गरिब हुने अर्थव्यवस्था प्राङ्गारिक कृषिमा सान्दर्भिक देखिन्छन् । 

सन् १९६० को दशकमा अमेरिकामा जन्मिएको ‘फूड कन्सिरेन्सी’ अभियान त्यतिबेलाकै चरम पुँजीवादी धारविरुद्धको वैकल्पिक धार थियो । प्राङ्गारिक कृषिको अन्तर्य बुझ्ने हो भने कृषिको पुँजीवादी नितान्त नाफाखोर पथबाट समाजवादी र दिगोपनको पथमा लाग्ने प्रयास स्पष्ट देखिन्छ । तर, पछिल्ला चरणमा जे जति पनि क्रियाकालाप भएका छन्, त्यसले समाजवादी प्राङ्गारिक कृषिको पुँजीवादी अपहरणजस्तो देखिन थालेको छ । 

प्राङ्गारिक कृषिलाई सजिलो गरी बुझ्ने हो भने नाफाका लागि कृषि होइन कि मानव जातिका लागि कृषि भन्ने हो जसअन्तर्गत आफ्नो खेतबारी बाहिरका कृषि सामग्री प्रयोगमा बन्देज गरिन्छ । यसको मूल उद्देश्य भनेको खेतबारीको पारिस्थितिक पद्दतिको संरक्षण र प्रवद्र्धनमात्र होइन कि किसानहरू परनिर्भर नहुन् भन्ने पनि हो ।

प्राङ्गारिक कृषिलाई सजिलो गरी बुझ्ने हो भने नाफाका लागि कृषि होइन कि मानव जातिका लागि कृषि भन्ने हो जसअन्तर्गत आफ्नो खेतबारी बाहिरका कृषि सामग्री प्रयोगमा बन्देज गरिन्छ । यसको मूल उद्देश्य भनेको खेतबारीको पारिस्थितिक पद्दतिको संरक्षण र प्रवद्र्धनमात्र होइन कि किसानहरू परनिर्भर नहुन् भन्ने पनि हो ।

प्राङ्गारिकको ब्यानरमा खुलेका प्राङ्गारिक मल कारखाना, उच्च मूल्य कायम रहेका कृषि उपजहरूको निरन्तर खेती (बेमौसमी तथा लगातार खेती), विभिन्न नाममा प्राङ्गारिक लेप भएका आयातीत कृषि सामग्री, परम्परागत कृषि बजार श्रृंखलामा प्राङ्गारिक उपजको बिक्री वितरण आदि कुनै पनि प्राङ्गारिक कृषिका सारथी होइनन् । 

चरम नाफामुखी अस्थिर खेति प्रणालीको विकल्पका रूपमा उठान भएको प्राङ्गारिक कृषि अभियान कतै त्यही नाफाखोर कृषि प्रणालिको हिस्सा त हुँदै छैन ? सोच्ने बेला भइसकेको छ । प्राङ्गारिक कृषिलाई नितान्त एक्लै (आइसोलेसन)मा विश्लेषण गर्दा कुनै तार्किक निश्कर्षमा पुगिँदैन । यसको सोझो सम्बन्ध देशको अर्थव्यवस्था र अन्तर्राष्ट्रिय बजारसँग हुन्छ त्यसैले यिनीहरूलाई सँगै राखेर हेरिनु पर्दछ ।

अहिले नेपालमा प्राङ्गारिकका नाममा खुलेका मल कारखानाहरू, आयात गरिएका प्राङ्गारिक मल तथा अन्य रसायनहरू आदिले कसलाई नाफा पुगिरहेको छ ? प्राङ्गारिक कृषिका अभियन्ताले विश्लेषण पक्कै गरेका होलान् । अझ महत्वपूर्ण पक्ष भनेको प्राङ्गारिकको प्रमाणीकरण रहेको छ । यो प्राङ्गारिक कृषिको प्रमाणीकरण कुन समाजवादी मोडल हो र यसले कसको अधिपत्य कायम गरेको छ भन्ने त समाजवादी अध्येताहरूले अझ विस्तृत विवेचना गर्लान् ।

प्राङ्गारिक कृषि भनेको कुनै अभियन्ताको रोजीरोटी मात्र होइन । यो त स्वाधीन कृषि प्रणाली हो । यथेष्ट उत्पादन र आफ्नो परिवारको जीविका निर्वाह हुने न्यूनतम बचतको सुुनिश्चितता नहुँदासम्म कुनै पनि प्रणाली दिगो हुँदैन । यसका लागि पर्याप्त अनुसन्धान, सम्बन्धित सबै सरोकारवालाको बुझाइमा स्पष्टता, नाफाका लागि कृषि होइन जीवनका लागि कृषि भन्ने मर्मको आत्मसाथ, प्राङ्गारिकको नाममा भएका निश्चित वर्गलाई नाफा हुने सबै खाले प्रयासलाई असफल नबनाउने हो भने र यसको अर्थ राजनीतिक बुझाइ बिनाको यात्राले कुनै गन्तव्य दिँदैन ।

(टक्सार म्यागजिन, साउन २०७९, पृष्ठ १३–१५)