एन आई सी एशिया क्यापिटलले घर तथा कार्यलयमै गएर निःशुल्क डिम्याट खाता खोलिदिने


काठमाडौं । एन आई सी एशिया क्यापिटलले सेवाग्राहीहरुको घर तथा कार्यलयमै पुगि डिम्याट खाता खोलिदिने भएको छ । व्यस्त सेवाग्राहीहरुको डिम्याट खाता तथा मेरो शेयर खाता संचालन सम्बन्धमा घर अफिसमा नै पुगि आवश्यक जानकारी सहित खाता खोलिने उल्लेख गरेको छ ।

एन आई सी एशिया एक्सप्रेस डिम्याट सेवा अन्तर्गत क्यापिटलका कर्मचारीहरु स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाईएको क्यापिटलले उल्लेख गरेको छ ।
हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता“ अभियान संचालन गर्दै आइरहेको छ ।