सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं। नेपाली बजारमा आज साताको अन्तिम दिन शुक्रबार छापावाल सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मुल्य तोलामा १०० रुपैयाँले बढेर ९३ हजार ९०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँ बढेर तोलाको ११५० रुपैयाँमा कारोबार भइरहेको छ ।