नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम ७५ करोडमा झर्यो


काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारदोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक ११ अंकले घट्दा कारोबार रकम भने ७५ करोडमा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.४७ अंकले घटेर १९२६.२८ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.०६ अंकले घटेर ३७४.७८ अंकमा झरेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका १३ उपसमूहमध्ये अन्य उपसमूह बाहेक बाँकी सबै वटा उपसमूहको सेयर घटेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३ करोड ९५ लाख ७८ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य आज ४.५६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयरको मल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको संस्थापक सेयरको मूल्य ५.८२ प्रतिशतले घटेको छ ।

कूल २२१ वटा कम्पनीको २५ लाख २४ हजार २ सय २४ कित्ता सेयर किनबेच हुँदा ७४ करोड ७२ लाख २६ हजार ६ सय २५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।