२०२२ संस्करणको नेक्स्ट–जेन फोर्ड रेन्जर अब नेपाली बजारमा, यस्ता छन् विशेषता


काठमाडौं । जीओ अटोमोबाइल्स प्रालिले २०२२ संस्करणको नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा ल्याएको छ । थाइल्यान्डबाट निर्यात गरी २।० लि। को नेक्सट जेन फोर्ड रेन्जर नेपाली बजारमा ल्याइएको हो ।

२।० लि। सिङ्गल टर्बो र बी टर्बो डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसको एक्सएल भेरियन्टले १७० पीएस पावर र ४०५ एनएम टर्क प्रदान गर्छ भने एक्सएलटी र वाइल्डटर्कले २१० पीएस र ५०० एनएम प्रदान गर्छ । एन्ड्रोइड अटो र एप्पल कार प्लेको साथ १० इन्च र १२ इन्चको टच स्क्रिनमा रहेको छ ।

नेक्स्ट जेन फोर्ड रेन्जरले जुन सुकै बाटोमा ‘अन रोड होस् वा अफ रोड’ चलाउन सहज रहेको कम्पनीले जानकारी दिएको छ ।

नेक्स्ट–जेन रेन्जर ६–स्पिड र १०–स्पिड अटोमेटिक ट्रान्समिसनमा रहेको छ । हालको रेन्जरमा रहेको जस्तै ६–स्पिड ट्रान्समिसन प्रमाणित स्वचालित ट्रान्समिसन हो । यसले गाडीको गति, सडकको अवस्था हेरी सही समयमा सही गेयर लगाई सवारीलाई सहज बनाउँछ । नेक्स्ट–जेन रेन्जरको १०–स्पीड अटोमेटिक ट्रान्समिसनलाई पनि अपग्रेड गरिएको छ । यसमा टर्क कन्भर्टरको साथमा अपडेटर सिफ्ट ढाँचा जस्ता परिष्कृत नियन्त्रणहरू समावेश गरेका छन् ।

नेक्सट जेन फोर्ड रेन्जरमा नर्मल ईको, टोरहौल र स्लिपरी, मडररुट्स र स्यान्ड गरी चार अन रोड र दुई अफ–रोड मोडहरू छन् । नेक्स्ट जेन रेन्जरको डिस्प्ले स्क्रिन र वटनहरू चलाउनलाई सहज हुने हिसाबले राखिएको छ ।

नेक्स्ट–जेन रेन्जरले ७ किलोमिटर प्रति घन्टाको गतिमा ८०० एमएम सम्मको वाटर वेडिङको क्षमता प्रदान गर्दछ ।

अन्डरबडी प्रोटेक्सनले गाडीलाई अफ रोडमा चलाउँदा यसको अत्यावश्यक कम्पोनेन्टहरू सुरक्षित गर्न मद्दत गर्छ । नेक्स्ट–जेन रेन्जरका सेलेक्ट मोडलहरूमा स्टेयरिङ, सम्प, ट्रान्समिसन र ट्रान्सफर केसका लागि सुरक्षात्मक अन्डरबडी शिल्डहरू रहेका छन् जुन प्रेस र फोल्डेड लेजर–कट स्टिलबाट बनाइन्छ ।

एक्सएल मोडेलको मूल्य एक करोड ५ लाख ९० हजार, एक्सएलटीको मूल्यको एक करोड १९ लाख ९० हजार र वाइल्डटर्कको मूल्य एक करोड ४५ लाख ९० हजार रुपैयाँ रहेको छ ।