अशोक लेल्याण्डको अफर ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’


काठमाडौं । आइएमई मोटर्सले दशैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्ब, ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन् ।

आइसिभी, ट्रक, टिप्पर, आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर, सुन वा दुई जानालाई सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी, ट्रक, टिप्पर, एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर, सुनवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले उपहार सहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्तावन्दिमा भुक्तानी गर्नेगरी कुनै पनि सवारी साधनहरु खरिद गर्न सक्नेछन । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारी साधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको जनाइएको छ ।

रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।