इलेक्ट्रिक स्कुटरमा दशैँ अफर: घरैबाट एसएमएस पठाउँदा १ लाख जित्न सकिने


काठमाडौं । नेपालमा विगत ३१ वर्ष देखि विभिन्न प्रतिष्ठित ब्रान्ड बिक्री–वितरण गर्दै आएको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ ।

लेभ्निङको सफर दशैँ तिहारमा डबल अफर नामक सो स्किम अन्तर्गत घरमै बसेर आफ्नो मोबाइलबाट अंग्रेजी अल्फाबेटमा ईभीनेपाल लेखेर स्पेस दिएर ११११ लेखे पश्चात ३५००१ मा एसएमएस पठाउँदा १ लाख रुपैयाँ सम्म छुट पाउन सकिने छ ।

त्यसैगरी शोरुम गएर शोरुमले दिएको कोडमा एसएमएस गरेर फेरि छुट पाउन सकिने छ । यसमा दुई पटक एसएमएसमार्फत डबल छुट पाउन सकिनेछ जसमा ७ हजार देखि ५ लाख सम्म छुट रकम म्यासेजमा आउने छ । म्यासेजमा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिनेछ । यसका साथै नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न सकिने छ र कुनै पनि पेट्रोल बाइकसँग सजिलै एक्सचेन्ज हुनेछ ।

लेभ्निङका स्कुटरमा जर्मन कम्पनी बोसको मोटर प्रयोग गरिएको छ । जसले फुल चार्जमा राम्रो माइलेज दिने हुनाले ग्राहकको माग बढ्दो रहेको कम्पनीको भनाइ छ । सो स्कुटरको ब्राण्ड एम्बेसडरमा मिस इन्टरनेसनल २०१७ विजेता नीति साह हुन् ।

इलेक्ट्रिक स्कुटर भएकाले चढेपछि खर्चको वचत हुने, पेट्रोल हाल्न नपर्ने, सर्भिस र पार्ट्समा खर्च नहुने, वातावरण स्वच्छ हुने भएकाले दशैं स्किममार्फत यसमा अझै आकर्षण बढ्ने कम्पनीको भनाइ छ । यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने बताइएको छ ।

हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म रहेको छ ।