टिभिएसको नयाँ एनटर्क १२५ रेस ‘एक्सपी’ नेपालमा, यस्ता छन् विशेषता


काठमाडौं । टिभिएस कम्पनीले दसैंको अवसरमा नयाँ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सोमबार नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।

स्कुटरमा स्मार्ट कनेट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जनाएको छ । मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ ।

१२५ सिसि सेग्मेन्टमा १० पीएस भन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर रहेको कम्पनीले दाबी गरेको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको कम्पनीले जनाएको छ।

स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ । यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स पनि रहेको छ । स्पोर्टि रेड व्हीलसले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ ।

ट्राइ–टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य ३ लाख ५ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।