ईभी एक्स्पोमा सार्वजनिक भयो नेक्सन ईभीको नयाँ ‘प्राइम’ भेरिएन्ट


काठमाडौं । नेपाली बजारमा नेक्सन ईभीको नयाँ भेरिएन्ट ‘प्राइम’ भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक सिप्रदी टे्रडिङ प्रालिले भृकुटीमण्डपमा हिजोबाट शुरु भएको नाडा ईभी एक्सपो २०२२ मा सो इलेक्ट्रिक कार सार्वजनिक गरेको हो ।

यसमा रिजेनेरेशन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टीभिटी, इन डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशनको समयमा अटोमेटीक ब्रेक ल्याम्प जस्ता विभिन्न फिचर थप गरिएको छ । अन्य विभिन्न फिचर भने नेक्सन ईभी जस्तै छ ।

अब प्राइम भेरिएन्ट समेत गरी तीन भेरिएन्ट उपलब्ध हुने भएको हो । यसको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यसमा नेक्सन ईभीमा जस्तै ३०।२ किलोवाट आवर लिथियम आयोन ब्याट्री प्याक रहेको छ । जसले १२७ बीएचपी पावर र २४५ एनएम टर्क जेनेरेट गर्छ । सिंगल चार्जमा यसले ३१२ किलोमिटर रेन्ज दिने बताइएको छ । यो कार डस्ट र वाटरपुरुफ रहेको छ ।