मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो


काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १६ अंकले घट्दा ५५ करोड रुपैँया बढीको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ अंकमा झरेको छ । यता सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले घटेर ३६३.६३ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल र पर्यटन, व्यापार र म्युचुअल फण्ड बढेका छन् भने बाँकी सबै उपसमूहको सेयर घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा नबिल बैंकको सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको सेयर ३ करोड १० लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

मंगलबार नेप्सेमा समिट लघुवित्त वित्तीय संस्था र अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । समिटको सेयरमूल्य १० प्रतिशतले बढेको छ भने अभियानको ९.९८ प्रतिशतले बढेको छ ।

यस दिन विन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.१८ प्रतिशतले घटेको छ ।

कूल २२९ वटा कम्पनीको १७ लाख ६७ हजार ६९२ कित्ता सेयर खरिदबिक्री हुँदा ५५ करोड २७ लाख १२ हजार ८८५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।