नेपाल–ईटाली उद्योग बाणिज्य संघले नेपाल र ईटालीबीच व्यापार, संस्कृति र पर्यटन प्रवद्र्घन गर्ने


काठमाडौं । नेपाल–ईटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा नेपालमा व्यापार विकास र यसमा लगानी बारे छलफल भएको जनाइएको छ ।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालको नेतृत्वमा भएको उक्त बैठकमा नेपाल, भारतका लागि ईटालीका राजदूत भिन्सेन्जो डे लुका, ईटालीको लागि कोलकाताका महावाणिज्य दूत जियानलुका रुबागोटी, ईटालीको लागि दिल्लीका महावाणिज्य दूत र ईटालीका लागि नेपालका महावाणिज्य दूत प्रतिमा राणा पाण्डे उपस्थित थिए ।

इटालियन राजदूत भिन्सेन्जो डे लुकाले भने,“ईटालियन दूतावासले ईटालियन उत्पादन र नेपालमा उपलब्ध सबै उत्पादनहरूको व्यापार मेला आयोजना गर्ने योजना बनाएको छ । हामीले ईटालियन उत्पादनलाई नेपालमा प्रचार प्रवद्र्घन गर्न विभिन्न परियोजनाहरू आयोजना गर्ने र नेपाली उत्पादनलाई पनि ईटालीमा प्रचार प्रवद्र्घन गर्ने योजना बनाएका छौँ ।” उनले विभिन्न विकास क्षेत्रमा लगानी गर्ने चासो देखाउँदै नेपालका उद्यमी र व्यवसायहरु ईटालीमा फस्टाउनका लागि सक्दो सहयोग गर्ने बताए ।

एनआईसीसीआईका उपाध्यक्ष सञ्जय अग्रवालले भने,“नेपाल–इटाली उद्योग बाणिज्य संघ(एनआईसीसीआई) ले २०३० मा रोममा हुन गईरहेको ‘ग्रान्ड ईन्टरनेशनल एक्स्पो’ मा नेपाललाई हिस्सा बनाउने लक्ष्य राखेको छ । जलवायु परिवर्तन, विविधता र समावेशीकरणबाट खतरामा परेका क्षेत्र र समुदायहरू, राष्ट्रिय र अन्तर्राष्ट्रिय विकेन्द्रीकरण र गतिशीलता, आर्थिक र सामाजिक विकासको लागि डिजिटल कनेक्टिभिटी जस्ता कुराहरुबाट नेपाललाई विकास र पुनरुत्थानको क्षेत्रलाई समेट्ने लक्ष्य लिईएको छ ।”

एनआईसीसीआईले आगामी मार्च २०२३ मा ईटालीमा आयोजना हुने ‘मिलान ट्रेड फेयर २०२३’ मा नेपाली व्यापार, उत्पादन र संस्कृतिको प्रवद्र्घन गर्न प्याभिलियन राख्ने योजना बनाएको छ ।

बैठकले नेपाललाई ईटालीमा नेपालको व्यापार र पर्यटन प्रवद्र्धन गर्ने अवसर प्रदान गरेको छ साथै ईटालीले पनि नेपालमा व्यापार र पर्यटन प्रवद्र्धन गर्ने अवसर पाएको जनाइएको छ ।