बीवाइडीको नयाँ शोरुम नक्सालमा, एट्टो ३ सार्वजनिक


काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नक्सालमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी इलेक्ट्रिक कारको ब्रान्ड एम्बेसडर कलाकार हरिबंश आचार्यले शोरुम उद्घाटन गरेका हुन् ।

शोरुमको शुभारम्भ गर्दै कम्पनीको प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, “सबैको माया र विश्वासको कारण हामी नयाँ मोडल र नयाँ संरचना निर्माण गरेर सेवा दिन तयार भएका छौं । हामीले केही दिनअघि मात्रै पनि बिक्री पछिको सेवा प्रदान गर्न गौरिघाटमा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएका छौं ।’’

नेपालमा शनिबार मात्र सार्वजनिक भएको एट्टो ३ कारको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

सो इलेक्ट्रिक कारमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।