नेपाल धितोपत्र बोर्डद्वारा नयाँ लाइसेन्स वितरणका सबै प्रक्रिया स्थगित


काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ लाइसेन्स वितरणका सबै प्रक्रियाहरु स्थगित गरेको छ ।

बोर्डले मंगलबार एक सूचना जारी गर्दै ब्रोकर लाइसेन्स, कमोडिटी एक्सचेन्जको लाइसेन्स र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया अर्को निर्णय नहुन्जेलका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

कार्तिक ४ गते शुक्रबार सर्वोच्चका न्यायधिश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियो।

सर्वोच्चको सोही आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो । अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कुनै पनि आवेदन नलिने बोर्डले जनाएको छ ।

बोर्डले गत असोज २ गते नयाँ स्टक एकसचेन्ज र कमोडिटी बजारका लागि ४५ दिन भित्र आवेदन पेस गर्न आव्हान गरेको थियो भने नयाँ ब्रोकर लाइसेन्सका लागि पनि ३० दिन भित्र आवेदन दिन माग गर्र्दै सूचना जारी गरेको थियो ।